काठमाडौँ आइपुगे बङ्गलादेशका विदेश सचिव मोमेन  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

काठमाडौँ आइपुगे बङ्गलादेशका विदेश सचिव मोमेन 


४ बैशाख २०८१, मंगलबार


काठमाडौँ। बङ्गलादेशका विदेश सचिव मसुम बिन मोमेन मंगलबार काठमाडौँ आइपुगेका छन् । नेपाल-बंगलादेश विदेश सचिवस्तरीय परामर्श संयन्त्रको तेस्रो बैठकमा सहभागी हुन उनी काठमाडौँ आएका हुन् । 

उनलाई परराष्ट्र मन्त्रालयका सहसचिव भृगु ढुङ्गाना र बङ्गलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । नेपाल-बङ्गलादेश विदेश सचिवस्तरीय परामर्श संयन्त्रको तेस्रो बैठक बुधबार काठमाडौँमा हुँदैछ । 

Tags :
प्रतिक्रिया दिनुहोस