सबै पालिकामा ज्ञापनपत्र बुझाउँदै नेविसंघ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सबै पालिकामा ज्ञापनपत्र बुझाउँदै नेविसंघ


४ बैशाख २०८१, मंगलबार


काठमाडौँ । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले ६ वैशाखमा आफ्नो ५५ औँ स्थापना दिवसको अवसरमा ७५३ स्थानीय तहमा विज्ञप्ति बुझाउने भएको छ । विज्ञप्ति बुझाउन नेविसंघले सबै पालिकामा आफ्ना प्रतिनिधि समेत खटाएको छ ।

ज्ञापन पत्रमा शिक्षण सिकाइ सुधार गर्न शैक्षिक अवस्थाको अनुगमन, अध्ययन, अनुसन्धान गर्नुपर्ने, शिक्षामा बजेट बढाउनुपर्ने लगायतको माग समेटिने नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले बताए ।

२२ चैतमा बसेको नेविसंघ केन्द्रीय कार्यसमितिको पहिलो बैठकमा राखिएका प्रस्ताव अनुसार निर्णय गरिएको केन्द्रीय अध्यक्ष शेर्पाले बताए ।

उनका अनुसार प्रतिनिधि जान चाहनेको लागि अनलाइन फारम खुला गरिएको थियो । सोही आवेदन अनुसार केन्द्रीय सदस्य, स्ववियु सभापति एवं विभिन्न इकाइ सदस्य सम्मिलित प्रत्येक पालिकाका लागि एक-एक जना केन्द्रीय प्रतिनिधि तोकिएको अध्यक्ष शेर्पाको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस