प्रहरीले गृहमन्त्रीमाथि अनुसन्धान गर्न सक्दिनँ भनिसक्यो : गगन थापा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

प्रहरीले गृहमन्त्रीमाथि अनुसन्धान गर्न सक्दिनँ भनिसक्यो : गगन थापा


४ बैशाख २०८१, मंगलबार


काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सम्बन्धमा काँग्रेसले उठाएको विषय पुष्टि भएको बताएका छन् ।

संवाद यात्राका क्रममा कञ्चनपुरको पुनर्वासमा बोल्दै उनले प्रहरीले छानबिन गर्न नसक्ने भनेपछि संसदीय छानबिन समिति आवश्यक भएको जिकिर गरेका छन् ।

उनले भने, ‘एउटा सर्वसाधारण होस् वा शक्तिशाली व्यक्तिले होस्, गल्ती गर्‍यो भने त्यसलाई दण्ड हुनुपर्छ । अहिले हामी सहकारीको रकम अपचलन भएको छ, त्यसमाथि छानबिन हुनुपर्छ भनेर संसदमा भनिरहेका छौँ । हामीले भनेको कुरा हिजो प्रमाणित भयो, सरकारी वकिलले प्रहरी अनुसन्धानलाई आधार बनाएर अदालतमा मुद्दा दर्ता गर्‍यो । सहकारीमा ठगी गर्ने रवि लामिछाने र अहिलेको गृहमन्त्री रवि लामिछाने एउटै हुन् कि होइनन् थाहा नभएको हुनाले त्यसअनुसार प्रतिवादी बनाएर प्रतिवेदन दिन सकिनँ भनेर प्रहरीले भनेको छ । सहकारीमा ठगी गर्ने रवि लामिछाने र अहिलेको गृहमन्त्री रवि लामिछाने एकै हुन् कि होइनन् जाँच्ने क्षमता मसँग छैन भनेर नेपाल प्रहरीले भनेपछि अब संसदीय छानबिन समिति बनाएर सहकारी ठगी गर्ने रवि लामिछाने र गृहमन्त्री रवि लामिछाने एकै हुन् कि होइनन् भनेर खोज्नु पर्‍यो कि परेन ? त्यो हामीले नखोजे कसले खोज्छ ?’

Tags :
प्रतिक्रिया दिनुहोस