नेपाल पर्यटन बोर्डको उपाध्यक्षमा सापकोटा नियुक्त « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

नेपाल पर्यटन बोर्डको उपाध्यक्षमा सापकोटा नियुक्त


४ बैशाख २०८१, मंगलबार


काठमाडौँ । नेपाल पर्यटन बोर्ड कार्यकारी समितिको उपाध्यक्षमा रामप्रसाद सापकोटा (कमल) चयन भएका छन् ।

पर्यटन बोर्ड कार्यकारी समितिको ३६८ औँ बैठकले बोर्ड सदस्य सापकोटालाई बोर्डको उपाध्यक्षमा नियुक्त गरेको हो ।

गत चैत १५ गतेको मन्त्रिपरिषद् बैठकले नेपाल पर्यटन बोर्डको रिक्त तीन सदस्यमा धादिङका सापकोटासहित ऋषिराम भण्डारी र राजेन्द्रबहादुर लामालाई नियुक्त गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस