प्रधानमन्त्री ‘प्रचण्ड’ र एकीकृत समाजवादीका नेता झलनाथ खनालबीच भेटवार्ता « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

प्रधानमन्त्री ‘प्रचण्ड’ र एकीकृत समाजवादीका नेता झलनाथ खनालबीच भेटवार्ता


४ बैशाख २०८१, मंगलबार


काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ । आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर नेता खनालले माओवादी अध्यक्ष समेत रहेका प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।

भेटमा समसामयिक राजनीतिक परिस्थितिमा छलफल भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ । उनीहरुबीच वैशाख १५ मा हुन लागेको उपनिर्वाचन, प्रदेश सरकार गठनका विषयमा छलफल केन्द्रित रहेको बताइएको छ ।

केन्द्रको सत्ता गठबन्धनमा सहभागी एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेश सरकार गठनमा नेपाली काँग्रेस र नाउपाको रेशम चौधरी पक्षको गठबन्धनमा सहभागी हुँदै नाउपाका लक्ष्मण किशोर चौधरीलाई मुख्यमन्त्रीमा समर्थन गरेको छ ।

एमाले, माओवादीसहितको केन्द्रको सत्ता गठबन्धनका शीर्ष नेताहरुले एकीकृत समाजवादीलाई सुदूरपश्चिमको निर्णयबाट पछि हटाउने प्रयास जारी राखेका छन् । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड र एकीकृत समाजवादीका नेता खनालबीच आजको भेटवार्ता पनि त्यसैमा केन्द्रित रहेको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस