चौथो पटक विश्वासको मत लिँदै मधेसका मुख्यमन्त्री यादव « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

चौथो पटक विश्वासको मत लिँदै मधेसका मुख्यमन्त्री यादव


४ बैशाख २०८१, मंगलबार


काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज चौथो पटक विश्वासको मत लिने भएका छन् । 

त्यसका लागि आज दिउँसो १ बजे प्रदेश सभा बैठक बोलाइएको संसद् सचिवालयले जानकारी दिएको छ।

गत फागुन २१ गते संघमा गठबन्धनमा फेरबदल आएसँगै चैत ५ गते काँग्रेस मधेसको सरकारबाट बाहिरिएको थियो। त्यसपछि नेकपा ९एमाले० सरकारमा सहभागी भएको थियो।

काँग्रेसले गत चैत ९ गते सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएपछि मुख्यमन्त्रीले मंगलबार विश्वासको मत लिन लागेका हुन्।

१०७ सदस्यीय मधेस प्रदेश सभामा एमाले सबैभन्दा ठूलो दल छ। उसका २५ सांसद छन्। नेपाली काँग्रेसका २२, जनता समाजवादी पार्टीका १९, जनमत पार्टीका १३ सांसद छन्।

लोकतान्त्रिक समाजवादीका ९, नेकपा माओवादी केन्द्रका ९, एकीकृत समाजवादीका ७, नेपाल संघीय समाजवादी, नागरिक उन्मुक्ति, राष्ट्रिय प्रजातन्त्र पार्टीका १र१ सांसद रहेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस