ई. अर्याल र डा. गुरुङ डिआईजीपी विशेष पदमा बढुवा सिफारिस « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

ई. अर्याल र डा. गुरुङ डिआईजीपी विशेष पदमा बढुवा सिफारिस


४ बैशाख २०८१, मंगलबार


काठमाडौँ। नेपाल प्रहरीको प्राविधिक समूहतर्फका प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी)द्वय ई. नवीन्द्र अर्याल र डा. देउती गुरुङ प्रहरी नायव महानिरीक्षक(डिआईजीपी) पदमा बढुवा सिफारिस भएका छन् ।

बढुवा सिफारिस समितिको सोमबार बसेको बैठकले नेपाल प्रहरीको साइबर ब्युरो प्राविधिक सहायता शाखा काठमाडौँमा कार्यरत ई. अर्याल र केनाइन कार्यालय महाराजगञ्जमा कार्यरत डा. गुरुङलाई विशेष पदमा बढुवा सिफारिस गरेको हो । 

उनीहरूलाई बढुवा गर्न २२ चैतमा बसेको मन्त्रिपरिषद् बैठकले कार्यकाल समाप्त भएपछि दरबन्दी स्वतः खारेज हुने गरी प्राविधिक प्रहरी समूहतर्फ डिआईजीपीको विशेष पद सिर्जना गर्ने निर्णय गरेको थियो ।

सम्बन्धित समाचार : प्रहरीमा दुई डिआइजीको दरबन्दी स्वीकृत

पदावधिका कारण अवकाश हुन लागेसँगै विशेष पद सिर्जना गरेर थमौती गरिएको थियो ।

सम्बन्धित समाचार : एसपी र एसएसपी स्थानान्तरणसहित दुई डिआइजी दरबन्दी थपिँदै, लगत्तै एसपी बढुवा

Tags :
प्रतिक्रिया दिनुहोस