रक्षामन्त्री उप्रेतीले गरे निर्माणाधीन द्रुतमार्गको निरीक्षण « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

रक्षामन्त्री उप्रेतीले गरे निर्माणाधीन द्रुतमार्गको निरीक्षण


३ बैशाख २०८१, सोमबार


काठमाडौँ । मन्त्री हरिप्रसाद उप्रेतीले निर्माणाधीन काठमाडौँ-तराई-मधेश द्रूत मार्ग सडक आयोजनाअन्तर्गत विभिन्न स्थानको स्थलगत निरीक्षण भ्रमण गरेका छन् । त्यस क्रममा महादेवटार, धेत्रे, लेनडाँडा र निजगढ इलाकामा निर्माणाधीन सुरुङ, सडक तथा पुलको निरीक्षण गरेका सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

रक्षा मन्त्रीसहितको निरीक्षण टोलीमा कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साह, सार्वजनिक लेखा समितिका सदस्य अच्युतप्रसाद मैनाली, पूर्वाधार विकास समितिका सदस्य राजकुमार गुप्ता सहभागी थिए ।

टोलीमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सदस्य कृष्णकुमार श्रेष्ठ, विभिन्न मन्त्रालयका सचिव, बलाधिकृत रथीलगायत सहभागी रहेको निर्देशनालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस