न्यायपालिका पुनर्संरचनासम्बन्धी प्रतिवेदन लेख्न समिति गठन « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

न्यायपालिका पुनर्संरचनासम्बन्धी प्रतिवेदन लेख्न समिति गठन


३ बैशाख २०८१, सोमबार


काठमाडौँ । नेपाल बार एसोसिएसनले राष्ट्रिय सम्मेलनमार्फत न्यायपालिका पुनर्संरचना गर्न प्रतिवेदन तयार गर्ने समिति गठन गरेको छ ।

नेपाल बारले सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै राष्ट्रिय सम्मेलनमा न्यायपालिका पुनर्संरचनाको एजेण्डा अघि बढाउन प्रतिवेदन तयार गर्न अध्ययन तथा सुझाव कार्यदल गठन गरिएको जनाएको हो ।

वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यको संयोजकत्वमा गठित ९ सदस्यीय समितिमा वरिष्ठ अधिवक्ता मुक्ति प्रधान, सविता भण्डारी बराल, चन्द्रकान्त ज्ञवाली, खम्बबहादुर खाती, रमेश बडाल, पंकज कर्ण, दीपेन्द्र झा र यज्ञमणि न्यौपाने सदस्य रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस