खानेपानी कार्यालयका प्रमुखसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

खानेपानी कार्यालयका प्रमुखसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा


२ बैशाख २०८१, आइतबार


अख्तियार

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय मुगुका प्रमुख राजीव रिमालसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले रिमालका साथै सब-इन्जिनियर नरबहादुर लावड, उपभोक्ता समितिका अध्यक्ष तेजबहादुर शाही, उपाध्यक्ष हिराबहादुर शाही र सचिव तीर्थबहादुर राहीविरुद्ध विशेष अदालतमा आइतबार मुद्दा दर्ता गरेको हो ।

मुगुको सोरु गाउँपालिका ५ स्थित नेर सिँचाइ आयोजनाको पाइपलाइन निर्माणका क्रममा गलत विवरण बुझाइ उपभोक्ता समितिलाई गैरकानुनी लाभ र सरकारलाई हानी नोक्सानी पुर्‍याएको अख्तियारले दाबी गरेको छ ।

सिँचाइ आयोजनाको पाइपलाइन १७ सय हुनुपर्नेमा ८१२ मिटर मात्रै बनाएको र पूरा भएको भनी झूठो विवरण पेश गरी पहिलो, दोस्रो बिल स्वीकृत गरेर ५ लाख ६१ हजार रुपैयाँ अनियमितता गरेको अख्तियारले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस