विमानस्थल भन्सार कार्यालयले दुई महिनापछि पायो प्रमुख « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

विमानस्थल भन्सार कार्यालयले दुई महिनापछि पायो प्रमुख


२ बैशाख २०८१, आइतबार


काठमाडौँ । सहसचिव महेश बरालले त्रिभुवन विमानस्थल भन्सार कार्यालयको प्रमुख भन्सार प्रशासकको जिम्मेवारी सम्हालेका छन् । बरालले आइतबारदेखि कार्यालय पुगेर पद सम्हालेका हुन् ।

अर्थ मन्त्रालयले बराललाई प्रमुख भन्सार प्रशासकका रूपमा खटाएको हो । यसअघि प्रमुख भन्सार प्रशासकमा सरुवा भएका सहसचिव सेवन्तक पोखरेल कार्यालयमा हाजिर हुन आनाकानी गरेपछि करिब २ महिनापछि कार्यालयले प्रमुख भन्सार प्रशासक पाएको हो । स्रोतका अनुसार पोखरेल करिब ३ दिन विमानस्थल भन्सार कार्यालयमा हाजिर भएका थिए ।

पोखरेल हाजिर हुन नगएपछि फागुन ६ देखि निरन्तर जसो भन्सार कार्यालय निमित्तकै भरमा चलेको थियो । तत्कालीन अर्थमन्त्री डा. प्रकाश शरण महतले १९ माघमा पोखरेललाई भन्सार विभागको उपमहानिर्देशकबाट विमानस्थल भन्सार कार्यालयको प्रमुख प्रशासकमा सरुवा गर्ने निर्णय गरे पनि आफूसँग सल्लाह नगरिएको भन्दै उनी हाजिर हुन नगएका हुन् ।

उनी अहिले आन्तरिक राजस्व विभागमा उपमहानिर्देशकका रूपमा सरुवा मिलाएर गएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस