रुस र युक्रेन जान श्रम स्वीकृति नदिने निर्णय « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

रुस र युक्रेन जान श्रम स्वीकृति नदिने निर्णय


३० चैत्र २०८०, शुक्रबार


काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले युद्धरत रुस र युक्रेन जान नेपालीहरूलाई श्रम स्वीकृति नदिने भएको छ ।

मन्त्रालयले शुक्रबार सूचना निकालेर श्रम स्वीकृति वा पुनः श्रम स्वीकृति दिन स्थगन गर्ने निर्णय गरेको जानकारी दिएको हो ।

श्रम स्वीकृति दिँदा युद्धरत देशको सेनामा सहभागी हुनसक्ने र त्यसबाट सृजना हुनसक्ने मानवीय जोखिमलाई हेरेर अर्को व्यवस्था नभएसम्म रुस र युक्रेन जाने नेपाली कामदारलाई पुनः श्रम स्वीकृति, व्यक्तिगत तथा संस्थागत श्रम स्वीकृति स्थगित गर्ने निर्णय गरिएको मन्त्रालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस