आन्दोलनमा भएको क्षतिको भरपाई र सुरक्षाकर्मीको उपचार आन्दोलनकारीबाट गराउने निर्णय « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

आन्दोलनमा भएको क्षतिको भरपाई र सुरक्षाकर्मीको उपचार आन्दोलनकारीबाट गराउने निर्णय


३० चैत्र २०८०, शुक्रबार


काठमाडौँ । गृह मन्त्री रवि लामिछानेले आन्दोलनका आयोजकबाट क्षतिको सबै भरपाई गराउने निर्णय गरेका छन् । 

आज मन्त्रीस्तरीय निर्णय गर्दै गृहमन्त्री लामिछानेले विभिन्न मुद्दा र मागलाई लिएर हुने आन्दोलनका क्रममा सार्वजनिक सम्पत्ति तोडफोड एवं सुरक्षाकर्मीमाथि आक्रमणविरुद्ध कडा नीति लिने भएका हुन् । 

अब आन्दोलनकारी शक्तिले प्रदर्शनका क्रममा भएका भौतिक क्षतिको जिम्मेवारी लिनुपर्ने र सुरक्षाकर्मीहरू घाइते भएको अवस्थामा उनीहरूको उपचार पनि गराउनुपर्ने निर्णय गरिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस