एमाले ओखलढुङ्गाका अध्यक्ष कटुवालले दिए राजीनामा « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

एमाले ओखलढुङ्गाका अध्यक्ष कटुवालले दिए राजीनामा


२९ चैत्र २०८०, बिहिबार


काठमाडौँ । नेकपा एमाले ओखलढुङ्गाका अध्यक्ष शंकर कटुवालले पदबाट राजीनामा दिएका छन् ।

गुट उपगुटका कारण जिल्ला अधिवेशनमा निर्णय गर्ने र प्रमाणीकरण गर्न पाउने आफ्नो अधिकार कुण्ठित भएको भन्दै उनले जिल्ला अध्यक्ष र पार्टी सदस्य दुवैबाट राजीनामा दिएका हुन् ।

जिल्ला इञ्चार्जमार्फत् प्रदेश कमिटी अध्यक्षलाई सम्बोधन गरिएको राजीनामा पत्रमा उनले लेखेका छन्, ‘मेरो झण्डै ३४ वर्षको राजनीतिक जीवन भोगाइमा यस्तो शैली मैले कहिले अनुभूत गरेको थिइनँ । मैले गरेको पार्टी योगदानको अर्थ र औचित्य नै नदेखेपछि जिल्ला अध्यक्ष र पार्टी सदस्य दुवैबाट राजीनामा पेस गरेको छु ।’

Tags :
प्रतिक्रिया दिनुहोस