पूर्वउपकुलपति खनियासहित ७ पदाधिकारीलाई कारबाही गर्न सिफारिस « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

पूर्वउपकुलपति खनियासहित ७ पदाधिकारीलाई कारबाही गर्न सिफारिस


२८ चैत्र २०८०, बुधबार


काठमाडौँ । चिकित्सा शिक्षा जाँचबुझ आयोगले त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति तीर्थराज खनिायाँसहित सात पूर्व पदाधिकारीलाई कारबाही गर्न सिफारिस गरेको छ ।

विशेष अदालतका पूर्व अध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित आयोगले त्रिभुवन विश्वविद्यालयका तत्कालीन कार्यकारी परिषद्का अध्यक्ष एवं उपकुलपति डा‍. तीर्थराज खनिया, रेक्टर डा. सुधा त्रिपाठी, रजिस्ट्रार डिल्ली उप्रेती, विज्ञान संकायका डिन रामप्रसाद खतिवडा, कानून संकायका डिन डा. ताराप्रसाद सापकोटालाई कारबाहीका लागि सिफारिस गरेको हो ।

यस्तै परिषद्का सदस्य राजेन्द्र पौडेल र हरि पराजुलीलाई पनि कारबाहीका लागि सिफारिस गरेको छ ।

त्रिवि विद्या परिषद्को २०६९ असोज ११ गते मेडिकल कलेज सम्बन्धमा वर्तमान परिस्थितिमा नयाँ कार्यक्रम र थप कलेजलाई सम्बन्धन दिन नसकिने भनी विधिवत् गरेको निर्णयलाई उचित र पर्याप्त कारण विना उल्लङ्घन गरेको, डा। करवीरनाथ योगीसहितको टोलीले दिएको अध्ययन प्रतिवेदन धेरै पुरानो भएकाले ताजा सम्भाव्यता अध्ययन प्रतिवेदन पेश गर्न उपयुक्त हुने भनी विद्या परिषद्को निर्णय खण्डन अमान्य नगरी बिना कारण उल्लङ्घन गरेको भन्दै कारबाहीका लागि सिफारिस गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस