काँग्रेसले गरायो सार्वजनिक पदधारण गरेकाको सम्पत्ति छानबिन गर्नुपर्ने प्रस्ताव दर्ता « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

काँग्रेसले गरायो सार्वजनिक पदधारण गरेकाको सम्पत्ति छानबिन गर्नुपर्ने प्रस्ताव दर्ता


२७ चैत्र २०८०, मंगलबार


काठमाडौँ । काँग्रेसका उपसभापतिसमेत रहेका सांसद धनराज गुरुङ, सहमहामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियारले सार्वजनिक पद धारण गरेका व्यक्ति र उनीहरूका परिवारको सम्पत्ति छानबिन गर्नुपर्ने विषयबारे प्रतिनिधि सभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका छन् ।

काँग्रेस सांसदले दर्ता गराए सार्वजनिक पद धारण गरेकाको सम्पत्ति छानबिन गर्नुपर्ने प्रस्ताव प्रतिनिधि सभाको कार्यव्यवस्था महाशाखामा दर्ता चैत २३ मा दर्ता भएको प्रस्तावमा सुशासन कायम गर्नका लागि सार्वजनिक पदमा रहेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्नुपर्ने विषयमा छलफल माग गरिएको छ ।

उपप्रधान तथा गृहमन्त्री लामिछानेमाथि छानबिन गर्नुपर्ने माग गर्दै संसद् अवरोधमा लागेको काँग्रेसले गृह मन्त्रालयसँग सम्बन्धित विषयमा सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएको हो । संसदमा यो प्रस्तावमा छलफल गरिए सम्बन्धित मन्त्रालयको नेतृत्वकर्ता भएकाले लामिछानेले जवाफ दिनुपर्ने हुन्छ ।

काँग्रेस पदाधिकारीसमेत रहेका धनराज गुरुङ प्रस्तावक तथा पाण्डे र परियार समर्थक रहेको सार्वजनिक महत्त्वको प्रस्तावमा भनिएको छ, ‘सार्वजनिक पदाधिकारीहरूको सम्पत्ति विवरण माग गर्ने र जाँचबुझ गरी प्रतिवेदन दिनको लागि उच्चस्तरीय न्यायिक आयोग गठन गर्ने हाम्रो अभ्यास पनि देखिन्छ । संवत् २०४७ साल देखि विभिन्न पदमा बहाल रहेका र अवकाश प्राप्त पदाधिकारीहरूको सम्पत्ति जाँचबुझ गरी राय सहितको प्रतिवेदन पेश गर्न २०५८ साल फागुन २४ गते न्यायिक जाँचबुझ आयोग गठन गरिएको थियो । सो आयोगले जाँचबुझ गरी पेश गरेको प्रतिवेदन सार्वजनिक गरी कार्यान्वयन गर्नु आवश्यक छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस