राप्रपाको प्रदर्शनकामा प्रहरीको दमन « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

राप्रपाको प्रदर्शनकामा प्रहरीको दमन


२७ चैत्र २०८०, मंगलबार


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को प्रदर्शनमा प्रहरीले दमन गरेको छ ।

४० बुँदे माग राखेर आन्दोलनमा उत्रिएको राप्रपाको जुलस भृकुटीमण्डपबाट सुरु भएको थियो । जुलस निषेधित क्षेत्रतर्फ अगाडि बढ्न खोजेपछि प्रहरीले रोक्दा तनाव बढेको थियो । त्यस क्रममा प्रहरीले सुरुमा पानीको फोहोरा हानेको थियो ।

तर, प्रदर्शनकारी नरोकिएपछि लाठी चार्ज गरेको छ । प्रदर्शनमा केही प्रदर्शनकारी घाइते भएका प्रवक्ता मोहन श्रेष्ठले बताए । 

राप्रपाले गणतन्त्र खारेज गर्नुपर्ने, राजासहितको शासन व्यवस्था हुनुपर्ने, धर्मनिरपेक्षता खारेज गरी नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने लगायतका माग राख्दै आएको छ ।

प्रहरीले भद्रकाली क्षेत्रमा भएको प्रदर्शनका क्रममा लाठी चार्ज गर्दा केही नेता कार्यकर्ता घाइते भएका प्रवक्ता मोहन श्रेष्ठले बताए ।

उनीहरूले निषेधित क्षेत्र तोड्ने प्रयास गरेको प्रहरीको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस