सपनतिर्थ मन्दिर परिसरमा लाग्ने स्नान मेलामा राष्ट्रपति पौडेल सरिक हुने « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

सपनतिर्थ मन्दिर परिसरमा लाग्ने स्नान मेलामा राष्ट्रपति पौडेल सरिक हुने


२७ चैत्र २०८०, मंगलबार


काठमाडौँ । काठमाडौँको टोखा नगरपालिकास्थित सपनतिर्थ मन्दिर परिसरमा लाग्ने स्नान मेलामा राष्ट्रपति रामचन्द्र पौडेल सरिक हुने भएका छन् । 

टोखा नगरपालिका वडा नं. २ मा रहेको सपनतिर्थ सिद्धि विनायक (गणेश) मन्दिर परिसरमा आगामी वैशाख १ गते नयाँ वर्षको दिन लाग्ने सपनतिर्थ मेलामा राष्ट्रपति पौडेल उपस्थित हुन लागेको नगरपालिकाले जनाएको छ । प्रसिद्ध धार्मिक तीर्थस्थल सपनतिर्थमा परापूर्व कालदेखि नै प्रत्येक वर्ष वैशाख १ गते सपनतिर्थ मेला लाग्दै आइरहेको छ ।

धार्मिक लोक कथन अनुसार परापूर्व कालमा सत्यवन्त राजाका छोरीहरू मध्ये कान्छी छोरी सत्यकेशरीले बुवाको बचनलाई शिरोपर गरी राजाको मुखबाट ठट्टावश निस्केको बोली अनुसार कुष्ठरोगबाट ग्रसितसँग विवाह गर्न पुगेको र ती रोगीले सपनतिर्थ क्षेत्रमा रहेको कुण्डमा स्नान गर्दा सम्पूर्ण रोगबाट मुक्त भई नयाँ जीवन पाएको किंवदन्ती अनुसार सपनतिर्थ स्नान मेला लाग्दै आइरहेको छ । वैशाख १ गते सपनतिर्थ मेलासँगै वैशाख ४ गतेसम्म बिस्केट जात्रा हुँदै आइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस