राष्ट्रिय सभा उपाध्यक्षमा पुडासैनी र घिमिरेले गराए उम्मेदवारी दर्ता « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

राष्ट्रिय सभा उपाध्यक्षमा पुडासैनी र घिमिरेले गराए उम्मेदवारी दर्ता


२७ चैत्र २०८०, मंगलबार


काठमाडौँ । राष्ट्रिय सभा उपाध्यक्ष पदमा नेपाली काँग्रेस र नेकपा एमालेका उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । नेपाली काँग्रेसकी विष्णुदेवी पुडासैनी र नेकपा एमालेकी विमला घिमिरेले उम्मेदवारी दर्ता गराएका हुन् ।

यसअघि सत्ता गठबन्धन फेर्ने बेला नेकपा एमाले, माओवादी केन्द्र, जसपा र रास्वपाबीच राष्ट्रिय सभा उपाध्यक्ष एमालेलाई दिने सहमति भएको थियो । तर गठबन्धनमा नेकपा एस थपिएपछि सो बुँदा तत्कालका लागि हटाइएको थियो ।

माओवादी केन्द्रका १७, नेकपा एमालेका वामदेव गौतमबाहेक ९, नेकपा एसका ८ र जसपाका ४ सांसद छन्। ५८ जना सदस्य कायम रहेको राष्ट्रिय सभा उपाध्यक्ष जित्नका लागि ३० जना सांसद संख्या आवश्यक पर्छ।

राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचनमा यही २८ गते हुँदैछ।

Tags :
प्रतिक्रिया दिनुहोस