देउवाले भने-धेरै प्रमाण छन्, गृहमन्त्रीउपर संसदीय छानबिन समिति गठन हुनैपर्छ « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

देउवाले भने-धेरै प्रमाण छन्, गृहमन्त्रीउपर संसदीय छानबिन समिति गठन हुनैपर्छ


२७ चैत्र २०८०, मंगलबार


deuba

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने उपर संसदीय छानबिन समिति गठन हुनै पर्ने बताएका छन् ।

आज बिहान नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बसेको पार्टीको संसदीय दलको बैठकमा सभापति देउवाले लामिछानेविरुद्ध धेरै प्रमाण भएको भन्दै संसदीय छानबिन हुनुपर्ने बताएका हुन् ।

‘रवि लामिछानेविरुद्ध यति धेरै प्रमाण छन् । लाखौँ ठगिएका छन् । न्याय दिनुपर्छ, हामी लाग्नुपर्छ,’ उनले भने, ‘संसदीय छानबिन समिति बन्नै पर्छ।’

गृहमन्त्री लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै काँग्रेसले संसदमा प्रश्न गरिरहेको छ । काँग्रेसले संसदीय छानबिन समिति गठन नभए संसद चल्न नदिने चेतावनी समेत दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस