बलम्बुस्थित सशस्त्र प्रहरीको गोदाममा आगलागी, एआइजीको नेतृत्वमा छानविन समिति  « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

बलम्बुस्थित सशस्त्र प्रहरीको गोदाममा आगलागी, एआइजीको नेतृत्वमा छानविन समिति 


२७ चैत्र २०८०, मंगलबार


काठमाडौँ । सशस्त्र प्रहरी बल (एपीएफ) को बलम्बुस्थित केन्द्रीय गोदाम घरमा सोमबार बेलुका आगलागी भएको छ । सशस्त्र प्रहरीका लत्ताकपडालगायत बन्दोबस्तीका सामान भण्डारण गरिएको गोदाममा सोमबार साँझ पौने ५ बजे आगो लागेको थियो । 

काठमाडौं उपत्यकामा रहेका विभिन्न ९ वटा दलकलसहित खटिएका प्रहरी जवानहरूले राति अबेरमात्रै आगो नियन्त्रणमा लिएका थिए । आगलागीबाट ठूलो धनमाल नोक्सान भएको सशस्त्र प्रहरीले जनाएको छ । तर क्षतिको विवरण भने यकिन भइसकेको छैन । 

उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि सशस्त्र प्रहरीले आगलागीबारे छानविन गर्न आन्तरिक छानविन समिति बनाएको छ । 

सशस्त्रका आइजी राजु अर्यालले सोमबार राति नै कार्यविभागका प्रमुख एआइजी वंशीराज दाहालको नेतृत्वमा नौ सदस्यीय छानविन समिति गठन गरेका हुन् । सो समितिले आगलागीको कारण र क्षतिको विवरण यकिन गर्ने जनाइएको छ । 

गोदाममा आगलागी भएपछि सोमबार साँझ नै उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले घटनास्थल पुगेर जानकारी लिएका थिए । २०७२ को भूकम्पअघिसम्म हलचोकस्थित सशस्त्र प्रहरी बल मुख्यालय परिसरमै केन्द्रीय गोदाम घर थियो । भूकम्पले घर भासिएपछि हातहतियार र गोलीगट्ठा भण्डारण मात्रै हलचोकमा राखेर बाँकी बलम्बुमा छुट्टै भवन बनाएर सारिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस