गृहमन्त्री लामिछानेले लिए आगलागीबारे प्रारम्भिक जानकारी  « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

गृहमन्त्री लामिछानेले लिए आगलागीबारे प्रारम्भिक जानकारी 


२६ चैत्र २०८०, सोमबार


काठमाडौँ । गृहमन्त्री रवि लामिछानेले सशस्त्र प्रहरी बलको गोदाममा विद्युत् सर्ट भएर आगो लागेकोबारे प्रारम्भिक जानकारी लिएका छन् । आज बेलुका सावा ६ बजेतीर गोदाममा आगलागी भएको थियो । 

गृहमन्त्री लामिछानेले आसपासका बस्तीमा रहेका सीसी क्यामेराबाट आगलागीको घटनाबारे जाँच गर्न निर्देशन दिएका छन् । लामिछानेले घटनाबारे जाँच गर्न समिति बनाउनसमेत सुझाव दिएका छन् । विद्युत् सर्ट भएर आगलागी भएको तथा नियन्त्रणमा ८ वटा दमकल परिचालन गरिएको गृहमन्त्रीलाई जानकारी गराइएको थियो ।

यता प्रहरीले एआईजी बंशिराज दाहालको संयोजकत्वमा समिति बनाएर जाँच थालिसकेको बताएको छ । प्रहरीका अनुसार बस्ती बीचमा रहेपनि आसपासका घर सुरक्षित रहेका छन् ।  क्षतिको विवरण आउन बाँकी छ । 

Tags :
प्रतिक्रिया दिनुहोस