८० प्रतिशत विद्यालयमा पाठ्यपुस्तक पुगेको जनक शिक्षाको दाबी « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

८० प्रतिशत विद्यालयमा पाठ्यपुस्तक पुगेको जनक शिक्षाको दाबी


२६ चैत्र २०८०, सोमबार


काठमाडौँ । जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडले देशभरका ८० प्रतिशत विद्यालयमा पाठ्यपुस्तक पुगिसकेको जनाएको छ । चैत १३ गतेसम्म कूल एक करोड ७० लाख थान पुस्तक छपाई गरी हालसम्म ८० प्रतिशत पुस्तक बिक्री गरिसकेको केन्द्रका महाप्रबन्धक अनिलकुमार झाले जानकारी दिए ।

८० प्रतिशत विद्यालयमा पुग्यो पाठ्यपुस्तक उनले सोमबारसम्म ७५ जिल्लामा पुस्तक पुगिसकेको बताए । सोमबारदेखि सोलुखुम्बु, बाँकै र बर्दियामा पाठ्यपुस्तक वितरण सुरु भएको छ । कैलालीमा भने मंगलबारदेखि पुस्तक बिक्री सुरु गरिनेछ । उनले यही चैत २८ गतेसम्म सबै जिल्लामा पाठ्यपुस्तक बिक्री वितरण गर्ने गरी काम भइरहेको बताए ।

स्थानीय तहले विद्यालयलाई पाठ्यपुस्तकको रकम निकासा नगर्दा पाठ्यपुस्तक बिक्रीमा केही ढिलाइ भएको उनको भनाइ छ । उनले सोलुखुम्बुका स्थानीय तहलाई पत्राचार गरेको १० दिनपछि सोमबार रकम निकासा भएको बताए । दुर्गम जिल्लाका विद्यालयमा पाठ्यपुस्तक वितरणपछि काठमाडौँ उपत्यकामा सुरु गरिने उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस