२८ चैतसम्म सबै जिल्लामा किताब पुग्ने जनक शिक्षाको दाबी « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

२८ चैतसम्म सबै जिल्लामा किताब पुग्ने जनक शिक्षाको दाबी


२५ चैत्र २०८०, आइतबार


काठमाडौँ । जनक शिक्षा सामग्री केन्द्रले २८ चैतभित्रै सबै जिल्लामा किताब पुग्ने बताएको छ ।

नयाँ शैक्षिक सत्रको लागि ७१ जिल्लाका वितरण केन्द्रमा किताब पुगिसकेको केन्द्रले जनाएको छ । २ वटा जिल्लाका लागि आइतबार (आज) वितरण भइरहेको र बाँकी जिल्लाहरूमा सोमबारदेखि वितरण सुरु हुने केन्द्रले जनाएको छ । केन्द्रका अनुसार आज दाङ र कञ्चनपुरका लागि पुस्तक वितरण भइरहेको छ ।

बाँके, बर्दिया, कैलाली र सोलुखुम्बु जिल्लाको लागि वितरण हुन बाँकी छ । बर्दियाको सोमबार र मंगलबार, कैलालीको मंगलबार र बुधबार वितरण हुने केन्द्रको भनाइ छ । सोलखुम्बुको मंगलबार र बाँकेको लागि बुधबार वितरण हुने केन्द्रले जनाएको छ ।

केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झा भन्छन् ‘२८ गतेसम्म ७७ जिल्लामा किताब पुग्छ ।’ केन्द्रले कक्षा ५ देखि १० कक्षासम्मको लागि आवश्यक १ करोड ४७ लाख सेट पुस्तक प्रकाशन गरी वितरण गरिरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस