मुख्यमन्त्री खगराज अधिकारीको नियुक्तविरुद्ध सर्वोच्च जाने काँग्रेसको तयारी « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

मुख्यमन्त्री खगराज अधिकारीको नियुक्तविरुद्ध सर्वोच्च जाने काँग्रेसको तयारी


२५ चैत्र २०८०, आइतबार


काठमाडौँ । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले एमाले संसदीय दलका नेता खगराज अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेपछि नेपाली काँग्रेस सर्वोच्च जाने तयारी गरेको छ ।

गठबन्धनले गरेको दाबी पेस असंवैधानिक भएको भन्दै काँग्रेस सर्वोच्च जान लागेको काँग्रेसका एक नेताले जानकारी दिए । उनीहरू अहिले छलफल गरिरहेका छन् ।

गण्डकीमा एमाले संसदीय दलका नेता खगराज अधिकारीले आइतबार एमाले, माओवादी र राजीव गुरुङ (दीपक मनाङ) को समर्थनमा प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष दाबी पेस गरेका थिए ।

त्यसपछि प्रदेश प्रमुखले खगराजलाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त गरेका थिए । त्यसपछि काँग्रेसले विरोध जनाउँदै सर्वोच्च जाने तयारी गरेका हो ।

Tags :
प्रतिक्रिया दिनुहोस