काँग्रेसले तोक्यो उपनिर्वाचनका लागि चुनावी कमाण्डर « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

काँग्रेसले तोक्यो उपनिर्वाचनका लागि चुनावी कमाण्डर


२५ चैत्र २०८०, आइतबार


काठमाडौँ । नेपाली काँग्रेसले उपनिर्वाचनका लागि चुनावी कमाण्डर तोकेको छ । इलाम-२ को प्रतिनिधि सभा निर्वाचन परिचालन कमाण्डरमा महामन्त्री विश्वप्रकाश शर्मा तोकिएका छन् । त्यस्तै बझाङ प्रदेश सभाको लागि चुनावी कमाण्डर एनपी साउद तोकिएका छन् ।

महामन्त्री शर्मा यसअघि उम्मेदवार चयनको सन्दर्भमा कार्यकर्ताको मत बुझ्न इलाममा खटिएका थिए । उनी छिमेकी जिल्ला झापा १ बाट निर्वाचित हुन् । बझाङमा खटाइएका साउद कन्चनपुरबाट निर्वाचित हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस