मेटल उद्योग आगलागी: मृतकको परिचय खुल्यो, १० लाख क्षति  « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

मेटल उद्योग आगलागी: मृतकको परिचय खुल्यो, १० लाख क्षति 


२५ चैत्र २०८०, आइतबार


काठमाडौँ । ललितपुरको हात्तीवनस्थित मेटल उद्योगमा आगलागी हुँदा मृत्यु भएका व्यक्तिको सनाखत भएको छ ।

मृतक काभ्रेको भुम्लु गाउँपालिका सल्लेका ५० वर्षीय राजु ठकुरी भनिने भोजबहादुर पहरी रहेको प्रहरी परिसर ललितपुरका प्रवक्ता नरेशराज सुवेदीले जानकारी दिए ।

ललितपुर महानगरपालिका-२३ हात्तीवनस्थित सिक्मा मेटल इन्टेक्स प्रालिमा शुक्रबार बिहान ६ बजे आगलागी भएको थियो । आगो निभाइसकेपछि एक व्यक्ति जलेको अवस्थामा मृत फेला परेका थिए । उनको शरीर जलेकाले मृतकको सनाखत हुन सकेको थिएन । तर पछि मृतकका आफन्तले शव सनाखत गरेको ललितपुर प्रहरी प्रवक्ता सुवेदीले जानकारी दिए ।

आगलागीबाट रु १० लाख बढीको क्षति भएको प्रवक्ता सुवेदीले बताए । विद्युत् चुहिएर आगलागी भएको हो । आगलागीबाट सोफा तथा तिनलाई बनाउन प्रयोग गरिने कच्चा पदार्थ नष्ट भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस