चुरेका गाउँको विकास गर्न मदन भण्डारी राजमार्गको अवधारणा ल्याइएको होः झलनाथ खनाल « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

चुरेका गाउँको विकास गर्न मदन भण्डारी राजमार्गको अवधारणा ल्याइएको होः झलनाथ खनाल


२४ चैत्र २०८०, शनिबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले मदन भण्डारी राजमार्ग चुरे क्षेत्रको पिछडिएको गाउँवस्तीका विकास तथा स्थानीय जनताको उज्ज्वल भविष्य निर्माण गर्ने महत्त्वपूर्ण योजना भएको बताएका छन् ।

सो राजमार्गको स्थलगत भ्रमणका क्रममा उनले राष्ट्रिय महत्वका योजनामा राजनीतिक र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्नेमा जोड दिए । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता खनालले सडक निर्माणको क्षेत्रभित्र रेखाङ्कन गरिएका रुख हटाउन, तिरिङ र मेचीखोलामा पुल निर्माण अगाडि बढाउ र पाटापुरलाई आधुनिक सुविधा सम्पन्न सहरमा रुपान्तरण गर्न आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस