बझाङ उपनिर्वाचन : काँग्रेसले गर्‍यो मनोनयन दर्ता  « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

बझाङ उपनिर्वाचन : काँग्रेसले गर्‍यो मनोनयन दर्ता 


२४ चैत्र २०८०, शनिबार


काठमाडौँ । बझाङमा हुन गइरहेको प्रदेश सभा उपनिर्वाचनका लागि नेपाली काँग्रेसबाट अभिषेकबहादुर सिंहले उम्मेदवारी दर्ता गराएका छन । 

सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिलामन्त्री एवं प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा निधन भएपछि यहाँ वैशाख १५ गते उपनिर्वाचन हुँदैछ । अभिषेक स्वर्गीय सिंहका जेठा छोरा हुन् ।

अभिषेकले नारा जुलुससहित नेपाली काँग्रेसका नेता तथा कार्यकर्ता लिएर उम्मेदवारी दर्ता गराउन मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । यस पछि राप्रपाको उम्मेदवारी दर्ता गराउने पालो रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस