मागेर बढी कमाउने भएकाले ‘सडक मानव’ मुक्त महानगर बन्न सकेन : उपमेयर डंगोल « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

मागेर बढी कमाउने भएकाले ‘सडक मानव’ मुक्त महानगर बन्न सकेन : उपमेयर डंगोल


२३ चैत्र २०८०, शुक्रबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोलले राजधानीका सडकमा माग्न बसेकाहरू दुःख पाएर भन्दा पनि व्यावसायिक उद्देश्यले आउने गरेको बताएकी छन् ।

गृह मन्त्रालयले ठमेल र दरबारमार्ग क्षेत्र चौबिसै घण्टा खुला गर्ने सन्दर्भमा सरोकारवालासँग आयोजना गरेको छलफलमा उपमेयर डङ्गोलले काम गर्न भन्दा माग्दा बढी कमाइ हुने गरेकाले सडक मानवमुक्त काठमाडौं बनाउने अभियान असफल भएको बताइन् ।

डङ्गोलले भनिन्, ‘सडकमा माग्नेहरू दुःख परेर भन्दा पनि व्यावसायिक ढङ्गले आउने रहेछन् । काम गरेर भन्दा मागेर धेरै कमाइ हुन्छ भनेर उनीहरूले नै भनेका छन् । यसअघि पनि महानगरमा सडक मानवमुक्त अभियान सुरु भएको हो, तर सफल भएको छैन । तथ्य जाँच गर्दा उनीहरु व्यावसायिक ढङ्गले माग्ने र घर घडेरी जोड्ने गर्दा रहेछन् ।’

Tags :
प्रतिक्रिया दिनुहोस