ओलीले भने-कपाल पलाउन थालेको छ, २० वर्षजति अरू कसैले आस नगरे हुन्छ « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

ओलीले भने-कपाल पलाउन थालेको छ, २० वर्षजति अरू कसैले आस नगरे हुन्छ


२३ चैत्र २०८०, शुक्रबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा २० वर्षजति अरू कसैले आस नगरे पनि हुने बताएका छन् ।

एमाले कास्कीको ११औँ अधिवेशनबाट निर्वाचित पदाधिकारीको शपथ ग्रहण कार्यक्रममा शुक्रवार ओलीले २० वर्षजति अरू कसैले आस नगरे पनि हुने बताएका हुन् ।

उनले भने, ‘कसैले एमालेबिनाको नेपाल भने कठै बरै । माया लाग्छ एमालेबिनाको नेपाल । कसैले केपी ओलीबिनाको एमाले भने दया लागेर आउँछ । केपी ओली नभइदिएको भए यसो गर्छु, उसो गर्छु भन्ने लाग्या होला । मैले पोहोर परार भनेको थिए । जुँगा कालाकाला भएका छन् । मेरो सबै कपाल झरेको थियो । अहिले कपाल पलाउन थालेको छ। रोपेको होइन आफैले पलाउन थालेको छ । अस्ति नै मैले भने २० वर्षजति अरू कसैले आस नगरे पनि हुन्छ ।’

उनले एमाले र देशलाई ठिक बाटोमा बढाएपछि मात्रै चौतारीमा बसेर सुस्केरा हाल्ने समय पाउने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस