बैतडीमा ट्रयाक्टर दुर्घटना, दुई जनाको मृत्यु « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

बैतडीमा ट्रयाक्टर दुर्घटना, दुई जनाको मृत्यु


२३ चैत्र २०८०, शुक्रबार


बैतडी । जिल्लाको झौलेकमा शुक्रबार बिहान ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । बैतडीको सुर्नयाबाट खोड्पे जाँदै गरेको से२त ३६७८ नम्बरको ट्रयाक्टर  जयपृथ्वी राजमार्गको पाटन नगरपालिका-८ झौलेक मोडमा दुर्घटना भएको हो ।  

दुर्घटनामा  दुई जनाको मृत्यु भएको बैतडी जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खेमविक्रम केसीले पुष्टि गर्दै परिचय नखुलेका ट्र्याक्टर चालक त्यसमा सवार राजेश चौधरी रहेको मृत्यु भएको बताए । 

दुर्घटनाग्रस्त ट्रयाक्टर सडकबाट दुई सय मिटर तल खसेको छ । दुर्घटनाको कारण यकिन भई नसकेको प्रहरी निरीक्षक केसीले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस