काँग्रेसको कार्यसम्पादन समितिको बैठक बस्दै « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

काँग्रेसको कार्यसम्पादन समितिको बैठक बस्दै


२२ चैत्र २०८०, बिहिबार


deuba

काठमाडौँ । नेपाली काँग्रेसको कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बिहान ९ बजे बैठक बस्ने प्रवक्ता प्रकाशशरण महतले जानकारी दिएका छन् ।

बुधबार बसेको बैठकमा उपनिर्वाचनको उम्मेदवार टुङ्गो नलागेपछि आज पुनः बैठक बस्न लागेको हो । आज बस्ने बैठकले उम्मेदवारको नाम टुङ्गो लगाउने बताइएको छ ।

इलाम-२ र बझाङ प्रदेशसभा-१ को उपनिर्वाचनका उम्मेदवार टुङ्ग्याउन काँग्रेसमा पार्टीभित्र रस्साकस्सी देखिएको छ । इलाम-२ का लागि जिल्ला सभापति डम्बर खड्का र महाधिवेशन प्रतिनिधि भेषराज आचार्यले दाबी गर्दै आएका छन् ।

सभापति देउवाले खड्काको नाम प्रस्ताव गरेका छन् भने शेखर कोइरालाले आचार्यको नाम अगाडि सारेका छन् । आजको बैठकमा इलाम-२ र बझाङ उम्मेदवार टुङ्गो लगाउने काँग्रेसको तयारी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस