संघीय संसद्‌बाट पारित भयो खाद्य स्वच्छता तथा गुणस्तर विधेयक  « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

संघीय संसद्‌बाट पारित भयो खाद्य स्वच्छता तथा गुणस्तर विधेयक 


२१ चैत्र २०८०, बुधबार


काठमाडौँ । खाद्य स्वच्छता तथा गुणस्तर विधेयक प्रतिनिधि सभाबाट पारित भएको छ ।

बुधबार बसेको प्रतिनिधि सभामा कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वालाकुमारी साहले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन् । जसलाई सभाले बहुमतका आधारमा पारित गरेको हो ।

यो विधेयक तत्कालीन कृषिमन्त्री घनश्याम भुषालले २८ असार २०७७ मा राष्ट्रिय सभामा दर्ता गरेका थिए । राष्ट्रिय सभाबाट २३ माघ २०७९ मा पारित भएर आएको विधेयक प्रतिनिधि सभाले बुधबार पारित गरेको हो । यो सँगै विधेयक संघीय संसद्को दुवै सदनबाट पारित भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस