टीयूले उत्तरपुस्तिका हराएकोबारे छानबिन भइरहेको छ, कारबाही हुन्छ : मन्त्री श्रेष्ठ « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

टीयूले उत्तरपुस्तिका हराएकोबारे छानबिन भइरहेको छ, कारबाही हुन्छ : मन्त्री श्रेष्ठ


२१ चैत्र २०८०, बुधबार


काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालयको उत्तरपुस्तिका हराएको विषयमा छानबिन समितिले अध्ययन गरिरहेको बताएकी छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले उत्तरपुस्तिका हराएको विषयमा आफूले उपकुलपतिसँग पनि कुरा गरिसकेको बताइन् ।

मन्त्री श्रेष्ठले भनिन्, ‘उत्तरपुस्तिका हराएको विषयमा मैले त्रिविको उपकुलपतिसँग पनि कुरा गरेको छु । अहिले उत्तपुस्तिका हराएको विषयमा समितिले छानबिन गरिरहेको छ । त्रिविको दुईवटा ऐनमा टेकेर त्यसमा कारबाही गर्न पनि सकिनेछ ।’

स्नातक तह प्रथम वर्षको दुई विषयहरूको उत्तरपुस्तिकाको पोकै हराएको विषय नेपाल प्रेसले सर्वप्रथम उजागर गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस