विद्यार्थीको सहजताको लागि परीक्षा सारेको त्रिविको स्पष्टीकरण « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

विद्यार्थीको सहजताको लागि परीक्षा सारेको त्रिविको स्पष्टीकरण


२१ चैत्र २०८०, बुधबार


काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले प्राविधिक समस्याका कारण चार वर्षे स्नातक तहको परीक्षा सार्नुपरेको जनाएको छ ।

निमित्त रजिस्ट्रार डा. कृष्णप्रसाद बस्यालले अनलाइनमार्फत परीक्षा फारम भर्ने व्यवस्था गरिएको तर विविध कारणले विद्यार्थीले फारम भर्न कठिनाइ भइरहेको गुनासो आएपछि परीक्षा सार्नुपरेको बताएका हुन् ।

मंगलबार परीक्षा समितिको बैठक बसेर परीक्षा सार्ने निर्णय गरेको उनले बताए । १ लाख ७ हजार विद्यार्थीमध्ये मंगलबारसम्म करिब ६३ हजारले मात्रै परीक्षा फारम भरेको बस्यालले बताए ।

मंगलबार त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुले २८ चैतदेखि सुरु हुन लागेको शिक्षाशास्त्र, मानविकी, व्यवस्थापन सङ्काय र विज्ञान तथा प्रविधि अध्ययन संस्थानतर्फको परीक्षा स्थगित गरेर १६ वैशाखदेखि सञ्चालन गर्ने सूचना जारी गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस