कृषिमा आधुनिकीकरण गर्ने गरी नीति बनाइरहेको मन्त्री ज्वालाको दाबी « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

कृषिमा आधुनिकीकरण गर्ने गरी नीति बनाइरहेको मन्त्री ज्वालाको दाबी


२१ चैत्र २०८०, बुधबार


काठमाडौँ । कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वालाकुमारी साहले कृषिमा आधुनिकीकरण गर्ने गरी सरकारले कृषि नीति बनाइरहेको बताएकी छन्। बुधबार काठमाडौँमा आयोजित मकै सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्।

उनले नेपालमा मकै धानपछिको दोस्रो धेरै उत्पादन हुने बालीको रूपमा रहेको बताइन्। उनले मकैलाई प्रोत्साहन हुने गरी र वास्तविक किसानहरूलाई पहिचान दिने, उत्साहित गराउने र सहानुभूति दिने गरी कृषिमा आधुनिकीकरण गर्ने योजना सरकारको रहेको बताइन्।

उनले नेपालमा मकैको उत्पादन डरलाग्दो रूपमा घटिरहेको जिकिर गरिन्। उनले सरकारले बनाइरहेको कृषि नीतिमा कृषि बालीहरूलाई प्रोत्साहन दिने गरी कार्यक्रमहरू ल्याउने र मकैलाई बढवा दिने गरी नीति निर्माण गरिरहेको बताइन्। उनले नेपाललाई मकैमा आत्मनिर्भर बनाउने गरी कार्यक्रम अघि बढाइने बताइन्।

मन्त्री साहले मकै अहिले ९ लाख ८५ हजार हेक्टरमा मकै उत्पादन भइरहेको बताइन्। वास्तविक किसानलाई पहिचान गरी १२ वर्षको लागि सहुलियत ऋण दिने व्यवस्था गर्न आवश्यक रहेको बताइन्।

Tags :
प्रतिक्रिया दिनुहोस