सडक क्षेत्रका ढल-मङ्गालको फोहोर उठाउँदै महानगर « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

सडक क्षेत्रका ढल-मङ्गालको फोहोर उठाउँदै महानगर


२१ चैत्र २०८०, बुधबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सडक क्षेत्रको सरसफाइमा विशेष ध्यान दिएको छ । महानगरपालिकाले स्वर्णिम योजना अन्तर्गत सडक क्षेत्रका ढल-मङ्गालको माटो-फोहोर सरसफाइको काम गरिरहेको छ । 

यस क्रममा महानगरले विभिन्न सडक क्षेत्रमा सरसफाइ गरी फोहोर सङ्कलन गरेको छ । महानगरले मङ्गलवार वडा नं. १४ मा पर्ने कलङ्की–बल्खु रिङरोडको करिब ११०० मिटर क्षेत्रमा ढल-मङ्गालको माटो-फोहोर उठाएको छ । ११ जना कामदारमार्फत सफाइ गरी ३ टिप फोहोर सङ्कलन गरिएको महानगरपालिकाले जनाएको छ ।

यसैगरी वडा नं. ११ को त्रिपुरेश्वर–सुन्धारा सडक लाइनमा १३ जना कामदारमार्फत सरसफाइ गरिएको छ । उक्त क्षेत्रबाट पनि ३ टिप फोहोर उठाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस