काठमाडौँमा हर्क साम्पाङको एकल विरोध प्रदर्शन « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

काठमाडौँमा हर्क साम्पाङको एकल विरोध प्रदर्शन


२० चैत्र २०८०, मंगलबार


काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौँमा एकल प्रदर्शन गरेका छन्।

प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था गर्न माग गर्दै साम्पाङले मंगलबार काठमाडौँमा प्रदर्शन गरेका हुन्।

उनले २०८४ अघि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था गर्न माग गरेका हुन्। ‘८४ अघि जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था लागु गर,’ उनले बोकेको पम्पलेटमा लेखिएको छ।

उनी केही दिन देखि काठमाडौँमा छन्। उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने, अर्थ मन्त्री वर्षमान पुन लगायतसँग भेटेका छन्।

प्रधानमन्त्री ‘प्रचण्ड’लाई उनले सोमबार बिहान बालुवाटार पुगेर भेटेका हुन्। भेटमा खानेपानी, एयरपोर्ट, राजमार्ग, ल्याण्डफिल साइट र उद्योग लगायतका माग राखेका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस