विवादित शिक्षा उत्प्रेरक कार्यविधि खारेज, प्रशिक्षार्थी सम्बन्धी कार्यविधि जारी « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

विवादित शिक्षा उत्प्रेरक कार्यविधि खारेज, प्रशिक्षार्थी सम्बन्धी कार्यविधि जारी


२० चैत्र २०८०, मंगलबार


काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यसअघि जारी गरेको ‘शिक्षा उत्प्रेरक (एडुकेशन क्याटलिस्ट) परिचालनसम्बन्धी कार्यविधि-२०८०’ खारेज गरेको छ ।

निजामती कर्मचारीसरह सरकारी सूचनामा पहुँच हुने गरी उत्प्रेरकको नाममा ‘बाहिरिया’ को खटनपटन गराउन लागिएको भन्दै विरोध भएपछि मन्त्रालयले उत्प्रेरक कार्यविधि खारेज गरी नयाँ ‘प्रशिक्षार्थी (इन्टर्न) सम्बन्धी कार्यविधि, २०८०’ जारी गरेको हो ।

शिक्षामन्त्री सुमना श्रेष्ठले बिहीबार मन्त्रीस्तरीय निर्णयबाट स्वीकृत गरेको शिक्षा उत्प्रेरक कार्यविधि खारेज गर्दै सोमबार नयाँ कार्यविधि जारी गरेकी हुन् ।

अघिल्लो कार्यविधिमा उच्चशिक्षा अध्ययनरत र अध्ययन गरिसकेका जोकोहीलाई प्रशिक्षार्थीका रूपमा कामकाजमा लगाउन सकिने उल्लेख थियो भने नयाँ कार्यविधिमा उच्च शैक्षिक संस्थामा अध्ययनरत तथा उच्च शैक्षिक उपाधिको लागि प्रतीक्षारत विद्यार्थीलाई मन्त्रालय र अन्तर्गतका निकायबाट सम्पादन हुने कार्य तथा सेवाका विषयमा इन्टर्नसिप मार्फत व्यवहारिक सीप र कार्य अनुभव दिलाउन आवश्यक व्यवस्था गर्न जारी गरिएको उल्लेख छ ।

सम्बन्धित समाचार : प्रशिक्षार्थी कर्मचारी भर्ना कार्यविधि: निजामतीमाथिको अविश्वास कि पदचाप पछ्याउन नसक्नुको परिणाम

हेर्नुस् प्रशिक्षार्थी सम्बन्धी कार्यविधि :

Tags :
प्रतिक्रिया दिनुहोस