महालेखापरीक्षकमा सिफारिस रायाविरुद्ध उजुरी आह्वान « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

महालेखापरीक्षकमा सिफारिस रायाविरुद्ध उजुरी आह्वान


२० चैत्र २०८०, मंगलबार


काठमाडौँ । संसदीय सुनुवाइ समितिले महालेखापरीक्षकमा सिफारिस तोयम रायाविरुद्ध उजुरी आह्वान गरेको छ ।

समितिले मङ्गलवार सूचना जारी गरी रायाविरुद्ध कुनै सूचना वा उजुरी भएमा समितिको सचिवालय वा जिल्ला प्रशासन कार्यालयमा १० दिनभित्र सूचना वा उजुरी दिन भनेको हो । सूचना दिने सूचना दाताले आफ्नो नाम, थर, वतन, र फोन नम्बर स्पष्ट रूपमा खुलाउनुपर्ने समितिले जनाएको छ ।

संवैधानिक परिषद्को आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रमुख तथ्याङ्क अधिकारी रायालाई महालेखापरीक्षकमा नियुक्तिका लागि सिफारिस गरेको थियो । टङ्कमणि शर्मा दंगालको अवकाश पछि रिक्त रहँदै आएको महालेखापरीक्षक लामो समयदेखि रिक्त रहँदै आएको थियो ।

सम्बन्धित समाचार : प्रस्तावित महालेखापरीक्षकको सुनुवाइ प्रक्रिया सुरु

सम्बन्धित समाचार : महालेखापरीक्षकमा सचिव तोयम राया सिफारिस

Tags :
प्रतिक्रिया दिनुहोस