महालेखापरीक्षकमा सचिव तोयम राया सिफारिस « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

महालेखापरीक्षकमा सचिव तोयम राया सिफारिस


१८ चैत्र २०८०, आइतबार


काठमाडौँ । महालेखापरीक्षकमा सचिव तोयम राया सिफारिस भएका छन् ।

संवैधानिक परिषद्को आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रमुख तथ्याङ्क अधिकारी रायालाई महालेखापरीक्षकमा नियुक्त गरेको एक नेताले बताए । 

महालेखापरीक्षकको कार्यकाल ६ वर्षको हुने प्रावधान रहेको छ ।

टङ्कमणि शर्मा दंगालको अवकाश पछि रिक्त रहँदै आएको महालेखापरीक्षक लामो समयदेखि रिक्त रहँदै आएको थियो । भदौमा माग गरिएको दरखास्तका क्रममा बहालवालादेखि पूर्व सचिवसम्मले इच्छा जताएका थिए । 

सम्बन्धित समाचार : महालेखापरीक्षकका लागि १५ आवेदन, बहालवालादेखि पूर्व सचिवसम्मले जताए इच्छा 

तर आवेदन परेको महिनौँसम्म पनि महालेखापरीक्षकको नियुक्ति हुन सकेको थिएन । 

सम्बन्धित समाचार : ७ महिनादेखि महालेखापरीक्षकको कार्यालय नेतृत्वविहीन, आवेदन मागेको ३ महिना भई सक्दा पनि छैन नियुक्त गर्ने सुरसार

महालेखापरीक्षक नियुक्तिमा भएको ढिलाइप्रति सर्वोच्च अदालतले पुसमा कारण देखाऊ आदेशसमेत जारी गरेको थियो । 

सम्बन्धित समाचार : महालेखापरीक्षक नियुक्तिमा भएको ढिलाइप्रति सर्वोच्चको कारण देखाऊ आदेश

त्यसपछि पनि नियुक्त हुन नसकेको महालेखापरीक्षक तेस्रो कार्यवाहकबाट सञ्चालन हुँदै आइरहेको थियो । 

सम्बन्धित समाचार : कार्यवाहक महालेखापरीक्षक काफ्ले अनिवार्य अवकाश, आठ महिनादेखि कावाकै भरमा कार्यालय

र, लामो रस्साकस्सीपछि आइतबार(आज) महालेखापरीक्षक नियुक्त गरिएको छ । 

लो प्रोफाइलको अड्डा तथ्याङ्क कार्यालयको प्रमुख तथ्याङ्क अधिकारी रहेका रायाले चर्चित नामहरूलाई पछि पार्दै अन्तिम चरणमा बाजी मारेका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस