उपनिर्वाचनका उम्मेदवार छान्न काँग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

उपनिर्वाचनका उम्मेदवार छान्न काँग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै


२० चैत्र २०८०, मंगलबार


काठमाडौँ । नेपाली काँग्रेसको कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । काँग्रेस सभापति शेरबहादुर देउवाले आज दिउँसो २ बजेका लागि कार्यसम्पादन समितिको बैठक बोलाएका हुन् । 

सभापति देउवाको निजी निवास बुढानीलकण्ठमा बस्ने बैठक आगामी वैशाख १५ मा हुने उपनिर्वाचन केन्द्रित हुने काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए । बैठकले इलाम-२ र बझाङ प्रदेशसभा (१) को उम्मेदवार तय गर्ने बताइएको छ । 

वैशाख १५ गते हुने उपनिर्वाचनको लागि निर्वाचन आयोगले चैत २४ गते उम्मेदवारको मनोनयन पत्र दर्ताको समय तोकेको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस