एकभन्दा बढी सहकारीमा सदस्य बन्न नपाउने नीति बनाउने तयारी « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

एकभन्दा बढी सहकारीमा सदस्य बन्न नपाउने नीति बनाउने तयारी


१९ चैत्र २०८०, सोमबार


काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले एउटै उद्देश्य भएका एकभन्दा बढी सहकारीमा सदस्य बन्न नपाउने गरी नीति बनाउने बताएका छन् । 

सोमबार ६७ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले अधिकारीले २०७७ सालमा नै एउटै व्यक्ति एउटै उद्देश्य भएका एकभन्दा बढी सहकारीमा बस्न नपाउने भनिएको भए पनि अहिले चारवटा भन्दा बढीमा रहेको भन्दै यसलाई नियन्त्रण गर्ने नीति ल्याइने बताए । 

उनले गलतलाई गलत र सहीलाई सही भन्ने प्रवृत्ति सरकाले मात्रै नभई सहकारी अभियन्ताले पनि पालना गर्नुपर्ने आवश्यकता देखिएको बताए । उनले सहकारी भित्र देखिएका अहिलेका समस्या समाधान गर्नको लागि अहिलेसम्म भएका त्रुटिबारे खोजी गर्न जरुरी रहेको बताए । 

मन्त्री अधिकारीले सहकारीसँग सरकार,सहकारी र सर्वसाधारण जोडिएकाले समस्या समाधान गर्ने सरकारको मात्रै दायित्व हो भन्ने दृष्टिकोण बनाउन नहुने बताए । 

Tags :
प्रतिक्रिया दिनुहोस