बागमतीका मुख्यमन्त्री जम्कट्टेलले मागे विश्वासको मत « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले मागे विश्वासको मत


१९ चैत्र २०८०, सोमबार


काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत मागेका छन् ।

प्रदेशसभाको सोमबार बसेको बैठकमा मुख्यमन्त्री जम्कट्टेलले एक ढिक्का भएर अगाडि बढ्न दलहरुलाई आग्रह गरे ।

१४ महिनामा आफ्नो नेतृत्वको सरकारले नीतिगत काम धेरै गरेको भन्दै उनले भने, ‘अहिले पनि प्रदेश र प्रदेश सरकारलाई स्थायित्व दिने र प्रदेशवासीको चाहनाअनुसार काम गर्न एकताबद्ध भएर अगाडि बढौँ ।’

११० सदस्यीय प्रदेशसभामा सत्ता गठबन्धनको टुप्लुक्क बहुमत देखिन्छ । एमाले २७, माओवादी केन्द्र २१ र एकीकृत समाजवादी ७ मिल्दा ५५ सांसद हुन्छ । बहुमतका लागि एक सांसद नपुगेपछि सत्ता गठबन्धनले हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्यलाई मन्त्री बनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस