नेपाल प्रहरीको मनोबल खस्काउने काम नगर्न सरकारलाई सुझाव « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

नेपाल प्रहरीको मनोबल खस्काउने काम नगर्न सरकारलाई सुझाव


१९ चैत्र २०८०, सोमबार


काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका प्रमुख सचेतक प्रदीप यादवले नेपाल प्रहरीको मनोबल गिराउने काम नगर्न सरकारलाई सुझाव दिएका छन्।

सुन तस्करी छानबिन समितिको प्रतिवेदनमाथि पनि अर्को छानबिनको काम अघि बढाएर सरकारले नेपाल प्रहरीको अनुसन्धानलाई हतोत्साहित बनाउने काम गरेकाले त्यसलाई तत्काल बन्द गर्नुपर्ने उनको भनाई थियो।

सोमवार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै प्रमुख सचेतक यादवले नेपाल प्रहरीले प्रविधिको अभावमा पनि अनुसन्धानको काममा एकपछि अर्को सफलता प्राप्त गरे पनि सरकारले नै उनीहरूमाथि छानबिन समिति बनाएर मनोबल गिराउने काम गरेको आरोप लगाए।

उनले सुन तस्करी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्दै अघि बढ्नुपर्नेमा सरकारले अनुसन्धानमा संलग्न प्रहरी अधिकृतमाथि नै छानबिन थालेर गल्ती गरेको जिकिर समेत गरे।

Tags :
प्रतिक्रिया दिनुहोस