सुदूरपश्चिम प्रदेशमा आज खखडेहरा पर्वको सार्वजनिक बिदा « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

सुदूरपश्चिम प्रदेशमा आज खखडेहरा पर्वको सार्वजनिक बिदा


१९ चैत्र २०८०, सोमबार


डोटी  । सुदूरपश्चिम प्रदेशमा आज सार्वजनिक बिदा दिइएको छ । सुदूरपश्चिमका राना थारु समुदायको मुख्य पर्वको रूपमा रहेको खखडेहराको अवसरमा सार्वजनिक बिदा दिइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालय धनगढीका सचिव सुशील वैद्यले जानकारी दिएका छन् । 

राना थारू समुदायको सबैभन्दा ठुलो पर्व होरीको अन्तिम दिनका रूपमा खखडेहरा पर्व मनाइने चलन रहेको छ । 

सुदूरपश्चिम प्रदेश सरकारको २०७९ चैत्र २२ गते बसेको मन्त्रीपरिषद्को निर्णय अनुसार प्रदेश सरकारले राजपत्रमा प्रकाशित २०८० सालका सार्वजनिक बिदा अनुरूप चैत्र १९ गते सार्वजनिक बिदा दिने निर्णय गरिएको समेत सचिव वैद्यले जानकारी दिएका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस