बागमतीका मुख्यमन्त्री जम्कट्टेलले आज विश्वासको मत लिँदै « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले आज विश्वासको मत लिँदै


१९ चैत्र २०८०, सोमबार


काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विश्वासको मत लिँदैछन् ।

२३ फागुनमा नेपाली काँग्रेसले सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिन लागेका हुन् । 

११० सदस्यीय प्रदेश सभामा जम्कट्टेलले ५६ मत जुटाएमा उनी मुख्यमन्त्रीमा कायम रहनेछन् । बिहीबार नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीबीच सहमति भएपछि मुख्यमन्त्रीले आवश्यक बहुमत जुटाएका छन् ।

बागमतीमा एमालेको २७, माओवादी केन्द्रको २१, एकीकृत समाजवादीको ७ र हाम्रो नेपाली पार्टीको दुई सिट छ ।

Tags :
प्रतिक्रिया दिनुहोस