नक्कली औषधि बिक्रेता कारागार चलान « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

नक्कली औषधि बिक्रेता कारागार चलान


१८ चैत्र २०८०, आइतबार


बाँके । बाँके प्रशासनले गरेको अनुगमनमा फेला परेका नक्कली औषधि बिक्रेता विकास लखेर कारागार चलान भएका छन् । अदालतले माग गरेको एक लाख रुपैयाँ धरौटी बुझाउन नसक्दा उनी कारागार चलान भएका हुन् ।

गत फागुन २४ गते सरोकारवाला निकायहरू समेतको सहभागितामा बाँके प्रशासनले गरेको अनुगमनका क्रममा लखेरले दर्ता बिना सञ्चालन भएको औषधि पसल र नक्कली औषधि फेला पारेको थियो । बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलका अनुसार नक्कली औषधि बिक्रेता लखेरलाई औषधि व्यवस्था विभाग शाखा कार्यालय नेपालगन्जमार्फत कारबाही अगाडि बढाइएको थियो । 

उनी विरुद्ध औषधि ऐन, २०३५ अनुसार ५ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना दाबी गरी अभियोग दर्ता भएको थियो । अदालतले लखेरलाई एक लाख रुपैयाँ धरौटी माग गरेकोमा उनले धरौटी बुझाउन नसक्दा आइतबार कारागार चलान भएको प्रजिअ पोखरेलले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस