राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले दिइन् राजीनामा « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले दिइन् राजीनामा


१५ चैत्र २०८०, बिहिबार


काठमाडौँ । राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले राजीनामा दिएकी छन् । उनले आज (बिहीबार) राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाललाई राजीनामा पत्र बुझाएकी छन् ।

उनी राष्ट्रियसभा उपाध्यक्षमा गत माघ २३ गते निर्विरोध निर्वाचित भएकी थिइन् । सत्ता गठबन्धनबाट अध्यक्षमा माओवादीको तर्फबाट नारायण दाहाल निर्वाचित भएपछि उनले राजीनामा बुझाएकी हुन् । अर्याल पनि माओवादीबाटै उपाध्यक्षमा निर्वाचित भएकी थिइन् ।

यसअघि गठबन्धनमा उपाध्यक्ष नेकपा एमालेलाई दिने सहमति भएको थियो । तर, पछि नेकपा एस मिसिएसँगै नयाँ सहमतिमा त्यो बुँदा हटाइएको छ । तर, गठबन्धन दलबीच उपाध्यक्ष कसको भागमा राख्ने भन्ने औपचारिक सहमति भइसकेको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस